चैत्र ३ गते, २०८१ - २३ः०१
Follow us:

जान्ह्वीसँग रोमान्स गर्न चाहन्थे शाहिद

एजेन्सी, १९ असार । जान्ह्वी कपूर चाँडै नै फिल्म ‘धडक’बाट बलिउडमा पाइला राख्दैछिन् । यस फिल्मको प्रमोशनमा उनी व्यस्त छिन् । फिल्मको ट्रेलरले धमाका मच्चाइसकेको छ । यसबाहेक फिल्मको गीतलाई समेत मानिसहरुले नोटिस गरिसकेका छन् ।

यस फिल्ममा उनले शाहिर कपूरको भाई ईशान खट्टरसँग रोमान्स गरेकी छन् । तर, के तपाईलाई थाहा छ ईशान होइन शाहिद नै जान्ह्वीसँग रोमान्स गर्न चाहन्थे भन्ने । खबरलाई मान्ने हो भने जान्ह्वीलाई शाहिदको फिल्म ‘अर्जुन रेड्डी’का लागि अप्रोच गरिएको थियो । फिल्म निर्माताले जान्ह्वीले फिल्ममा शाहिदसँग काम गरुन् भन्ने चाहेका थिए । तर, करण जोहरका कारण त्यो सफल हुन सकेन ।

यद्यपी करण चाहन्थे कि जान्ह्वी कुनै पनि चटपटे फिल्ममा काम नगरुन् । उनी मात्र ग्ल्यामरस रोल गरिरहुन्, आलिया भट्ट जस्तै । करणका कारण उनलाई फिल्ममा राखिएन । त्यसपछि करणले तारा सुतारियाको नाम अभिनेत्रीको रुपमा भित्र्याए ।

अब अर्जुन रेड्डीमा शाहिद कपूरसँग ताराले रोमान्स गर्नेछिन् ।

जान्ह्वीको फिल्म धडक २० जुलाईबाट प्रदर्शनमा आउँदेछ ।

प्रतिकृया लेख्नुहोस्: