चैत्र १६ गते, २०८० - १६ः२३
Follow us:

युवा गायक राईको ‘अनलाइन’ सार्वजनिक, हेर्नुस् भिडियो

काठमाडाैं, २१ पुस । युवापुस्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक भएको छ । यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रवेश राईको छ । गीतमा शब्द सङ्गीतसमेत गायक राईले नै दिएका हुन् । गीतलाई जीआर उप्रेतीले सङ्गीत संयोजन गरेका छन् । अनलाइनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुःखेसो भिडियोमार्फत देखाइएको छ । भिडियो भीम लामिछानेले छायाङ्कन र राजेश शाहले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा गायक राई, सिर्जना भुजेल र बादल मगरको अभिनय रहेको छ । प्रवेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ । आफ्नो पहिलो प्रयासलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन गायक राईले आग्रह गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्: