श्रावण २७ गते, २०७९ - १८ः३८
Follow us:

प्रमोद खरेलको ‘खै कसरी’ सार्वजनिक (भिडियो सहित)

काठमाडाैं, १७ मंसिर । गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार जेजी क्रियशन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो ।

प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गीतकार ज्योती गुरुङले कोरेको शब्दमा संगीतकार गंगाराज राईले लय हालेका हुन् । किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङको काम गरेका छन् ।

गीतको भिडियोमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ । निर्देशक सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा जया शर्माले रचनात्मकता थपेकी छन् ।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् ।

गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा लगायतका गीत बजारमा आइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्: