माघ ९ गते, २०८१ - १६ः३८
Follow us:

परदेशबाट श्रीमतीलाई पत्रःभुकम्पले धरहरा ढालेसँगै तिम्रो र मेरो सम्बन्धमा पनि दरार सुरु भयो

फागुन,धादिङ । 

कहाँ बाट सुरु गरौँ म अन्यौलमा छु । प्रीय भन्ने शव्दबाट सम्बोधन गरौँ भने त्यो अधिकार ममा छैन । यो मनलाई जसोतसो बाँधेर विदेशीभुमीबाट तिम्रो यादमा केहि शब्दहरु लेख्ने जमर्को गरेको छु । धेरै दिनभो खाना  नखाएको, अनि काममा पनि नगएको  एक्लै बस्छु तिम्रो तस्वीर आँखा अगाडी आउछ, काममा जान्छु, काम गर्न पनि सक्दीन हातखुट्टा फत्याकफुतुक्क गल्छ ।

तिमिलाई याद छ, काठमाण्डौको घरहरामा बसेर जीन्दगीको सुन्दर चित्र कोरको । तिमिले भनेको थियौ नी, यो जुनी मात्र हैन सातसात जुनी सँगै मर्ने र सँगै बाच्ने भनेको । तिम्रो र मेरो मात्र हैन विहे नहुदै पनि सन्ततीको सुन्दर सपना देखेको  । भुकम्पले धरहरा ढालेसँगै तिम्रो र मेरो सम्बन्धमा पनि दरार सुरु भयो ।

अहिले एउटा हल्ला सुन्दैछु तिमिले अर्कै सँग जीवन जीउन निर्णय गरेको छ भन्ने । त्यो हल्ला सुनेपछि मन थाम्न नसकेर एकान्तमा एक्लै कत्ति रोए होला त्यो मलाई मात्र थाहा छ । तिमी सँग हुदा तिम्रो काँखमा रुन्थे अहिले विदेशमा छु एक्लै यो बिरानु मुलुकमा रुदै छु ।

तिमि त खुसि छौँ होला हैन ? काखको २ बर्षको छोरालाई समेत बिचल्ली बनाएर अर्कै पुरुषको हात समातेर रंगीन दुनीयामा तिमि रमाईरहेकी छौ । तिमिलाई धेरै पटक मैले फोन गरेको छु । तर तिम्रो फोन सधै केटाले उठाउछ र भन्छ म उसको श्रीमान हो । त्यो बेलामा मलाई कस्तो हुन्छ तिमिले महशुस गर्न सक्छौँ । हो म सँग चित्त त बुझेन होला तर २ बर्षको अबोध बालकलाई टुहुरो बनाएर गएकी छौँ । एउटा आमाले आफ्नो सन्तानलाई गर्ने मायाँ नै यहि होला आखीर ।

तिमि विरामी हुदा र घरमा बुबा विरामी  हुदाँको ऋण तिर्नको लागी म परदेशीएको थिए । अझै पनि तिमि बिरामी हुदा डाँडाखर्के कान्छा सँग लिएको ऋण तिर्ननै बाँकि छ । अनि बुबा बिरामी हुदाको ऋणकोत कुरै छाडौँ ।

तिमिले घरपरीवार सम्हाल्छु भनेर भनेकी थियौँ आखीर तिमिले यो के गरेको । तिमिलाई फोन गर्दा एउटा परपुरुषले उठाउन थालेपछि घरमा बिरामी बुबालाई फोन गरेको थिए । बुबा पनि फोनमा बोल्न सक्नु भएको छैन । उसै त बुबा बिरामी हुनुहुन्छ त्यसमाथि पनि भएकी एउटी बुहारी पनि दुधे बालक छोडेर गएपछि झनै बिरामी हुनुभएको छ ।

मलाई पनि तिमि सँग सँगै बस्ने रहर कहाँ नभएको हो र ?गरिवले सोचेका कुराहरु पुरा नहुदो रहेछ । बाध्यताले यो विरानो मुलुकमा उँट चराउदैँ छु । अहिले पनि यो चिठ्ठी लेखीरहदा बाहीर उँट कराईरहेको छ । सुनसान छ । यो मरुभुमिमा बसेर तिमीसँग विताएका विगतलाई सम्झिएर  बाँच्ने आशा जगाईरहेको छु ।
आमा सानैमा बित्नुभयो, आमाको मायाँ पाउन सकिन, बुबाले गाउँमा ज्यालामजदुरी गरेर हुर्काउनुभयो र पढाउनुभयो बुबा विरामी हुदा पनि स्याहार सुसार गर्न पाईन । तिमि घरमा थियौँ भनेर ढुक्क परेको थिए अब दुधे बालकलाई ती बिरामी हजुरबुबाले कसरी पाल्लान् ?

तिमित पक्कै पनि खुसी छौँ, यतिखेर तिमि जीवनका शुन्दर सपना साकार पार्ने कसम खाईरहेकी छौँ होला । जती पर्नु त पीर मलाई नै परेको छ । पहिला गाउँको मानिसले तिम्रो चरित्रको बारेमा कुरा गर्दा पनि मैले तिम्रौ नै साथ लिएको थिए । गाउँलेले के भन्छ भन्ने मेरो समस्या होईन । किनकी तिमिलाई म मनै देखी त मन पराउछु । चोखो मनले लगाएको माँया कहिले पनि विटुलो हुदैन ।

परदेशको यो तातो गर्मीले त के पोल्छ र आज त्यो भन्दा बढी मन पोलीरहेको छ । तत्काल घरमा आउन पनि सम्भव छैन । कम्पनीको बोस सँग त घर जान्छु भनेर भनेको छु । तर त्यती चाडोँ हुने छाँटकाट छैन । आखीर बेचिएर काम त गर्न आएको हो हामी ।

भनु कथा कस्लाई भनम्, नभनम् त कहाँ भन्म भईरहेको छ । त्यसैले आज मनको भव पोख्ने यही एउटा माध्यम भेटेको कारण मनको तिता मिठा अनुभव पोखीरहेको छ । पुरुषलाई बहुविवाह गर्नु हुदैन भन्ने हाम्रो समाजले महिलालाई दोस्रो विवाह गर्न हुन्न भन्नेचाँही किन सिकाएन ?
तिमी अन्तै गएको भन्ने थाहाँ पाएपछि तिम्रो माईतीको बुबा सँग फोनमा कुराकानी भएको थियो । तर बुबाले पनि आश्चर्य मान्नुभएको थियो । यो कसरी भयो भनेर ।

तिम्रो नाममा मैले रगत पसिना बगाएको पैसा पठाएकै थिए । राम्रो मोबाईल किनिदीएकै थिए, काम गर्न गाह्रो भयो होला भनेर भएको बस्तुभाउँ बेच्न लगाएको थिए अनि भएको खेतबारी पनि अर्कैलाई कमाउन दिएकै थिए । आखीर कीन त यस्तो ?  तिम्रो खुसीको लागी म हार खान पनि तयार छु, अनि रुन पनि तयार छु । किनकी तिमी त खुसी बन । दुधे बालक र बृद्ध बिरामी बाबाको अवस्था त जस्तो भएपनि तिमिले त देख्दीनौनी ।

तिमिले छोडेर गएपछि छोरो रातभरी रोएर विताउने गरेका छ रे, अनि दिउँसो पनि रुन्छ । रुदा रुदा थाके पछि आफैँ चुप लाग्छरे । बृद्ध बाले ती अबोध बालकलाई कसरी स्यहार सुसार गर्लान र ?
रुदा रुदा गला अबरुद्ध भएपछि बिरामी बा उठेर मुखमा पानी हालीदिनु हुन्छरे ? त्यही पानी नै उसको लागी आमाको अमृत बराबरको सर्बोतम दुध बन्न पुगीरहेको छ । यस्तौ धेरै घट्नाछन् जुन म लेख्न पनि सकिरहेको छैन ।

हुनत तिम्रो पनि त बाध्यता होलान ् । तर एक पटक पनि तिमिले म सँग यस्तो केहि कुरा गरिनौँ । तिम्रो अकस्मातको यो निर्णयले मलाई धेरै चिन्ता लागीरहेको छ । मायाँ त  मारेर गयौ मैले पठाएको पैसाको त के हिसाब किताव खोज्नु र ? म जस्ता धेरै युवाहरुको यस्तै नियती छन् अहिले परदेशमा । परदेशले पैसा मात्र भित्राएको छैन मेरो जस्तो दुर्दशा अनि सामाजि विकृती पनि भित्राएको छ । मैले केटीलाई मात्र उस्तो बनाउन खोजेको होईन । मेरो  जस्तै धेरै महिलाहरुको कथा छन् ।  अहिले पनि नेपालमा रोई रोई बसेका छन् । कमाउन गएका श्रीमान विदेशमा रमाएपछि ।

लेख्ने त धेरै मन थियो तर के गर्नु एकछिन त सुत्नै पर्यो, फेरी भोली विहान काम त जानुपर्छ । पक्कै पनि तिमिले यो मेरो कथा पढ्छौ होला । त्यही भएर पनि मैले जसोतसो गरेर लेखीरहेको छु । अरु त म सँग बाँकि नै के नै छ र । बाँचे भने घर फर्केर तिमिले छोडेर गएको अबोध बालकलाई कुर्काउला अनि बढाउला । म रे भने त ……………….।  तिम्रो आफ्नो बन्न नसकेको राज हाल मलेसीया जोहरबारु ।

 

प्रतिकृया लेख्नुहोस्: