चैत्र १५ गते, २०८० - २३ः४०
Follow us:

क्लव विश्वकपको फाइनल आज, एन्टलर्स र मड्रिडबीच प्रतिस्पर्धा हुँदै

३ पुस, काठमाडौं । युरोपेली च्याम्पियन रियल मड्रिडले फिफा क्लव विश्वकवको उपाधिका लागि आज जाप्निज च्याम्पियन खासिमा एन्टलर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

जापानको योकोहामामा नेपाली समयअनुसार आज अपरान्ह सवा चार बजेदेखि खेल सुरु हुनेछ । क्लव विश्वकपको उपाधि जितेमा रियलको २१औं उपाधि मात्रै हुनेछैन उसले दुई बर्षको अन्तरमा दोस्रो पटक क्लव विश्वकपको उपाधि पनि जित्नेछ ।

रियलले अहिले सम्म एघार पटक च्याम्पियन्स लिग, तीन पटक युरोपियन सुपर कप, दुइ पटक युइएफए कप, तीन पटक इन्टरकन्टिनेन्टल कप र एक पटक क्लब बिश्वकपको उपाधि जितेको छ ।

टिमका प्रशिक्षक जिनेदिन जिदानले खासिमाले क्लब विश्वकपमा रियालले भन्दा बढी खेल खेलेकाले आफुहरु पुर्ण रुपमा तयार हुनुपर्ने बताएका छन् । विपक्षी टिमले राम्रो प्रदर्शन गरिरहेका र कडा प्रतिस्पर्धा हुने जिदानको भनाइ छ ।

खासिमा क्लव विश्वकपको फाइनलमा पुग्ने पहिलो एशीयाली टिम हो ।

रियल क्लब अमेरिकालाइ दुइ शून्य गोलले पराजित गर्दै फाइनल पुगेको हो भने खासिमाले कोलम्बियाको एथ्लेटिको नासियोनाललाइ तीन शून्य गोलले हराउदै फाइनल यात्रा तय गरेको हो ।

प्रतिकृया लेख्नुहोस्: