काठमाडाैं, १ जेठ । बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका भुवन त्रिपाठी विजयी भएका छन् ।
त्रिपाठीले ८ सय ५१ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका ऋषिनाथ त्रिपाठीले ८ सय ४९ मत पाए । त्रिपाठीको यो दोस्रो कार्यकाल हो ।
यसअघि २०७४ को निर्वाचनमा पनि भुवनले ऋषिलाइ नै हराएर वडा अध्यक्षमा निर्वाचित भएका थिए ।