बैशाख १७ गते, २०८३ - ०६ः१७
Follow us:

सिद्धलेक गाउँपालिकामा ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण


सिद्धलेक २५ चैत्र ।
सिद्धलेक गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले कृषकहरुलाई हाते ट्याक्टर वितरण गर्नुभएको हो । कृषि पेशालाई निर्वाहमुखी भन्दा पनि व्यावसायीमुखी बनाउनको लागि ट्याक्टर वितरण गरिएको अध्यक्ष सिलवालले बताउनुभयो ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ६१ वटा ट्याक्टर कृषकहरुलाई आधुनिक प्रणालीको मिनि टेलेर वितरण गरीएको हो । गाउँपालिका भित्रका किसानहरुलाई काममा सहज आउने र कृषि उत्पादनमा बृद्धि हुने भन्दै सिलवालले किसानहरुको पक्षमा आफु सधै काम गरिरहने बताउनुभयो । ७ हर्ज पावर भएको मिनि टेलरको बजार मुल्य अहिले ४० हजार रहेको छ ।किसानहरुले १६ हजार ७ सय ५० रुपैयामा मिनिटेलर सोमबार आफ्नो घरमा लिएर गएका हुन् ।

प्रतिकृया लेख्नुहोस्: