मंसिर ९ गते, २०८३ - २१ः५५
Follow us:

बाबुरामले भने– समृद्धिको लागि भाषण हैन भ्रष्टाचार रोक्नुपर्छ


भैरहवा,२३ चैत्र ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले समृद्धिको लागि भाषण भन्दा भ्रष्टाचार रोक्नुपर्ने बताउनु भएको छ ।पार्टीको सिद्धार्थनगर कमिटीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा. भट्टराईले देशको विकास गर्नको लागि उद्योगमैत्री नीति र कानून बनाउने र विदेशी लगानी भित्र्याउनु पर्नेमा उनको जोड दिनुभएको थियो । केही नेताहरुको रातारात भएको वर्गउत्थानप्रति प्रश्न उठाउनु भएको छ । उहाँले छोटो अवधिमै केही नेताहरु रातारात अर्बपति भएको आरोप लगाउनु भएको छ ।
राजनीतिमा लाग्नेबेला जनतासँग मागेर खाने, लत्ताकपडा लगाउने नेताहरु दश पन्ध्र वर्षको अवधिमा चिल्लो कारमा हिँड्ने, ठूला महलमा बस्ने र सामान्य हाछ्यू आए पनि सिंगापुर, अमेरिका लगायतका देशमा उपचार गर्न जाने हैसियतमा पुगेको बताउनु भएको हो ।
आफ्ना पूर्वसहकर्मीहरुप्रति संकेत गरे पनि उनले यो आरोपसँग कसैको नाम जाडेनन् । उहाँले आम्दानी नै नभएका नेता एकाएक अर्बपति हुनुलाई गडबडीसँग जाड्नुभयो । उहाँले पैसा कमाउनको लागि निजी व्यवसाय गर्नुपर्नेमा जोड दिँदै भने राजनीतिलाई व्यवसाय नबनाउन सुझाव दिनुभयो । नयाँ अवस्थामा जेल गएको कुरा गर्नुभन्दा सदाचारी र विधिको शासनअनुसार अगाडि बढ्नुपर्ने उनको तर्क थियो ।

प्रतिकृया लेख्नुहोस्: