जेष्ठ १२ गते, २०८३ - ०५ः४९
Follow us:

‘विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ


काठमाण्डौं २१ चैत्र ।
नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो ।

वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ र चैतमा १०४ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले चन्दा संकलनको लेटरप्याड, सरकारविरुद्धको पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेज लगायतका सामग्री बरामद समेत गरेको छ ।

प्रतिकृया लेख्नुहोस्: