आँधि प्रभावित बाराका नागरिकलाई सिद्धलेक गाउँपालिकाको सहयोग
चैत्र २१ गते, २०७५ - ०३ः३९ मा प्रकाशित
धादिङ २० चैत्र । धादिङको सिद्धलेक गाउँपालिकाले बारा जिल्लाका आँधि प्रभावितलाई राहत वितरण गरेको छ । आँधिबाट प्रभावित भएकाहरुलाई सिद्धलेक गाउँपालिकाले प्रभावित स्थानमै गएर बुधबार राहत बितरण गरेको हो । गाउँपालिकाका जनप्रतिनीधिहरुको एक महिनाको तलब,गाउँपालिकाका शिक्षकहरुको एक दिनको तलब र कर्मचारीको तलबको १५ प्रतिशतबाट राहत वितरण गरीएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिनुभयो । बुधबार गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्मा,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराई र वडा अध्यक्षहरुको टोलिले बाराको फेटा गाउँपालिकामै गएर राहत वितरण गरेको हो । आँधि प्रभावितहरुलाई चामल,त्रिपाल,तेल,नुन लगायतको अत्यावश्यक सामाग्रीहरु वितरण गरीएको हो ।