धादिङ १५ चैत्र । पछिल्लो तीन दिनको बीचमा त्रिशुली नदीले बगाएर दुई जनाको मृत्यु भएको छ । गर्मी महिना लागेसँगै त्रिशुली नदीमा पौडी खेल्न जादा नदिले बगाएर मृत्यु भएको हो । बुधबार साथिहरु सँगै त्रिशुलीमा पौडी खेल्न गएका १८ बर्षिय रविन राई नदीमा बेपत्ता भएका थिए । यसैगरी शनिबार बिहाना त्रिशुली नदीमा डुबेर गोरखा भुल्लीचोक बस्ने १७ बर्षिय कमल चेपाङ पनि डुबेर मृत्यु भएको हो । चेपाङको सब डुबेको स्थान भन्दा तीन किलोमिटर तल नदीमा फेला परेको हो । शवलाई प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पोष्टमार्टमा गरेर शनिवारनै परिवारलाई जिम्मा लगाईएको डीएसपी तथा सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।