जेष्ठ ११ गते, २०८३ - २२ः०२
Follow us:

भुकम्पले ढलेको उत्तरी धादिङको रि गाउँ उठ्यो(फोटो फिचर)

धादिङ १३ चैत्र ।
वि.स २०७२ सालको विनाशकारी भुकम्पले तहसनहस भएको उत्तरी धादिङको रिगाउँको पुर्ननिर्माणको काम सम्पन्न भएको छ । रि गाउँमा रहेको ८० घरनै विनाशकारी भुकम्पबाट भत्किएको थियो ।विगतको विषयमा कुराकानी गर्न डराउने त्यहाँका नागरिकहरु अब भने भुकम्पबाट केहि नहुनेमा विश्वस्त रहेका छन्।

ईन्जिनियहरुको सल्लाह अनुसार घर निर्माण भएकोले अब आफ्नो घर भुकम्पबाट सुरक्षित रहेको रिगाउँका फ्रेम सिंह तामाङले बताउनुभयो ।
भुकम्पको समयमा बस्ती भन्दा माथिको जंगलमा बसेका त्यहाका नागरिकहरु अब भने भुकम्प आउदा पहिलाको जस्तो घर छोडेरै हिड्नपर्ने अवस्था नआउनेमा ढुक्क रहेका छन् ।चर्को ढुवानीबाट गाउँमै निर्माणसामाग्री लगेर बनाईएको घरहरु ७ लाख भन्दा बढीको लागतमा निर्माण भएको हो ।गाउँकै सबै ८० घरहरु एउटै आकारमा बनेका छन् । घरमा लगाईएका जस्ताको रङपनि एउटै रहेको छ । सबैको सल्लाहमा गाउँको सबै घरहरु एउटै संरचना र एउटै रङको जस्ता लगाईएको झुमा लामा तामाङले जानकारी दिनुभयो ।

भुकम्पको बेलामा सबैको सहयोगले बाँचेको स्मरण गर्दै तामाङले भने,घर त बनाईयो तर मन खुसि छैन,‘घर बनाउदा लागको ऋणले टाउँको खाएको छ, अब विदेश तीर जानुपर्ला जस्तो छ ;। घर बनाउदा पनि मन खुसि नहुनुको एउटै कारण हो चर्को ऋण । सरकारले दिएको तीन लाखले सामान ढुवानी गर्न मात्र पुग्ने भन्दै उहाँले सरकारले दिएको रकमले झन् गरिब बनाएको बताउनुभयो ।
बालुवा एक पाथिको पाँच सय रुपैयामा किनेर घर बनाईएको तामाङले बताउनुभयो ।सिमेन्ट बोराको १८ सय पर्ने र ज्यामीको एक हजार भन्दा बढी रकम भएको कारण खर्च बढेको हो । धादिङबेसीदेखी सामान रिगाउँमा पु¥याउदा लागत रकम बढी भएको झुमा लामा तामाङले जानकारी दिनुभयो ।घर बनाउदा चाँहि मिलेर पर्ममा पालैपालो बनाईएको तामाङले बताउनुभयो ।री गाउँमा सबैघरहरु निर्माण भईसकेको छ । अब एक दुई जनाको मात्र बाँकी रहेको तामाङले बताउनुभएको छ ।

प्रतिकृया लेख्नुहोस्: