जेष्ठ ११ गते, २०८३ - ०४ः४३
Follow us:

मोटरबाटो पुगेपछि उत्तरी धादिङमा खच्चड व्यबसायीको पेशा संकटमा


धादिङ ७ चैत्र ।
उत्तरी धादिङको लापा,सेर्तुङ,तिप्लिङ र रिमा सामान ओसार पोसारमा प्रयोग हुदै आएको खच्चड पेशा अहिले संकटमा परेको छ । प्रयाजसो ग्रामिण भेगमा विभिन्न घरायसी सामान ढुवानीका लागि प्रयोग गरिने खच्चड व्यवसायिको पेशा संकटमा पर्न थालेको हो । गाउँघरमा मोटरबाटो निर्माण सँगै अहिले उनिहरूको पेशा संकटमा परेको हो । रुवीभ्याली गाउँपालिका र गँगा जमुना गाउँपालिकाको वडा नम्बर १ का बिभिन्न ठाउँमा मोटर बाटो पुगे सगै खच्चडमा ढुवानी घट्को छ ।

खच्चड दुवानी गरेर आफनो परिवारको खर्च चलाईरहेको खच्चड व्यबसायिहरु अहिले मोटरबाटो पुगे पछी उनीहरुको व्यावसायमा परिवर्तन गर्नु पर्नेमा चिन्तीत भएका छन् । खच्चड व्यबसायिकमा राम्रो आम्दानी गर्दे आएका थिए । अहिले उत्तरी धादिङको बिभिन्न ठाउँहरुमा स्थानीय निकायको मोटो रकम वजेट बिनियोजित भए सगै त्यहाँ मोटरबाटो पुगेको छ ।

यस अघि खच्चडले ढुवानी गर्दा प्रतिकिलो ७ देखि ८ रुपैया लिनेगरेको मा अहिले गाडीले प्रतिकिलो २ देखि ३ रुपैया सम्म लिने गरेका छन । स्थानीयहरु सस्तो दरमा सामग्री ढुवानी पाउने र सहजरुपमा यातायता गर्न पाउने भएकोले खुसी भएको छन । यस अघि मोटरबाटो नपुग्दा स्थानियहरुले खच्चड तथा ढाडमा दुवानी गरिरहेका थिए तर अहिले बिभिन्न ठाँउमा मोटरबाटो पुगेपछि मानिसलाई बिरामी हुदा तथा आवतजावतमा सहजता भएको छ ।

छिमेकी देश भारतबाट खरिद गरीएका खच्चडहरु अहिले सस्तो मुल्यमा छिमेकी जिल्ला गोरखामा बेच्नुपरेको मेन लामा तामाङले बताउनुभयो । प्रति गोटा डेढ लाख सम्ममा खरिद गरेर ल्याएको खच्चडको काम आउन छाडेको तामाङले गुनासो गर्नुभयो । मोटरबाटो खुलेसँगै अहिले ढुवानीपनि मोटरलेनै गर्ने गरेको कारण खच्चडको कामनै आउन छाडेको हो । खच्चड व्यावसाय गरेर परिवार चलाउदै आएका व्यावसायीहरु अब पेशा परिवर्तन गर्ने सोचमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्: