जेष्ठ १२ गते, २०८३ - १३ः४८
Follow us:

त्रिपुरासुन्दरी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


त्रिपुरासुन्दरी ४ चैत्र ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ तिलार स्थित कच्ची सडकखण्डमा स्वराज मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा परी अन्य ४ जना घाईते भएका छन् । खहरेबाट कार्कीगाउँतर्फ ढुङगा लिएर जादै गरेको ग १ ख ५९५९ नम्बरको मिनिट्रक दुर्घटना हुँदा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ बस्ने २८ बर्षीय अर्जुन भुजेलको मृृत्यु भएको हो ।

दुर्घटनामा परी त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ बस्ने २८ बर्षका चालक राजेश भण्डारी, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष २५ का तिलक श्रेष्ठ,सोहि स्थान बस्ने बर्ष २४ की बिमला तिम्मलसेना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ नै बस्ने बर्ष २६ का विष्णु सुर्खेति घाईते भएका छन् । घाईते मध्ये चालक राजेश भण्डारीलाई थप उपचारको लागि काठमाण्डौं लगिएको छ । ट्रक सडकबाट १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

प्रतिकृया लेख्नुहोस्: