मंसिर १२ गते, २०८३ - ००ः१५
Follow us:

धादिङ प्रहरीलाई ठुलो सफलता–गजुरीबाट १ सय ५ किलो चरेश बरामद


गजुरी २६,धादिङ ।
धादिङको गजुरीबाट प्रहरीले १ सय पाँच किलो ग्राम चरेश सहित आईतबार तीन जनालाई प्रक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले खानतालसी गर्दा त्यती ठुलो परिणामको चरेश बरामद गरीएको हो । काठमाण्डौबाटबाट बिरगंज तर्फ जादै गरेको ना.५ ख २८१२ नम्बरको चेन्नाई एक्सप्रेस बसमा लुकाई छिपाई भारत तर्फ लादै गरेको चरेश बरामद गरीएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

बसमा यात्रु नरहेको र बसको पछाडी भागको सिटमा ५ वटा प्लाष्टिक बोरामा प्याक गरी राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । प्रहरीले बसको चालक विरगंज महानगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ४५ का लाल बहादुर शाह,बारा करैयामाई गाउँपालिका बस्ने ३५ बर्षका अनिल चौचरी र बसमा सवार पर्सा जिल्लाका १९ बर्षका श्रीराम शाह कानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया लेख्नुहोस्: