जेष्ठ १७ गते, २०८३ - ०३ः०१
Follow us:

पूर्व राष्ट्रपति यादवले भने–देशमा बढेको भ्रष्टचार र ढिला सुस्ती प्रति दुःख लाग्छ

धादिङबेसी १७,धादिङ ।
पुर्व राष्ट्रपति डा.रामबरण यादवले देशमा बढेको भ्रष्टचार र ढिला सुस्ती प्रति दुख लागेको बताउनु भएको छ ।धादिङमा शुक्रबारदेखी सुरु भएको धादिङ पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै यादवले दलका नेताहरु भ्रष्टचार गर्नतिर अग्रसर भएको बताउनु भएको छ । सम्बोधनको क्रममा यादवले भन्नुभयो,‘पहिला निर्वाचनको समयमा जनताको घरमा गएर जनताले नै भात खुवाथे,पछि उनीहरुले नै भोट दिन्थे ’तर अहिले पैसा बिना निर्वाचन लड्न नसक्ने परिस्थिती देखेर दुख लागेको बताउनु भयो ।
संविधान कार्यन्वयन गराउनको लागि सबै दलहरु एक भएर लाग्नको लागि पनि आग्रह गर्नुभएको छ । नेपाल रहे मात्र नेपाली रहने भन्दै यादवले पहिला नेपाली हाँै, अनि पछिमात्र राजनीति दलका नेताहाँै भन्ने भावना राख्नुपर्ने विचार व्यक्त गर्नुभयो । हिमाल,पहाड र तराई एक आपसमा मिल्नुको विकल्प नरहेको भन्दै उहाँले नेपाल रहे मात्र नेपाली रहने बताउनुभयो । धादिङ जिल्ला कृषि,पर्यटन र उद्योग प्रचुर सम्भावन रहेको भन्दै यादवले जनभावना अनुसार काम गर्नको लागि जनप्रतिनीधिहरुलाई आग्रह गर्नुभएको छ ।
जिल्ला होटल संघ धादिङका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवका प्रमुख आतित्थ्य रहेको थियो । कार्यक्रममा प्रतिनीधि सभाका सदस्य खेम प्रसाद लोहनी, नेकपा धादिङका नेता राम बहादुर भण्डारी, नेपाली काँग्रेसका सभापति रमेश धमला, पूर्व सभापति रामनाथ अधिकारी,निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना,उपमेयर मनराज भण्डारी शैलेस, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, नयाँ शक्ति पार्टी नेपालका नेता नन्दप्रसाद काप्री, नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमला, प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेय,जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख राजकुमार बैदवार लगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: