जेष्ठ १७ गते, २०८३ - १३ः४४
Follow us:

माबि स्तरीय वादबिबाद प्रतियोगितामा महाकाली माबि प्रथम


सिद्धलेक १५, धादिङ ।
सिद्धलेक गाउँपालिकामा सम्पन्न भएको मावि स्तरीय बादबिवाद प्रतियोगितामा सिद्धलेक गाउँपालिका वडा नम्बर ७ को महाकाली माबि प्रथम भएको छ । सिद्धलेक गाउँपालिका शिक्षा शाखाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता रहेको थियो ।
‘धन ठूलो की, मन ठूलो’ भन्ने विषयको पक्ष र विपक्षमा भएको वादविवाद प्रतियोगितमा महाकाली मा.वि. प्रथम,सत्यवती मा.वि.द्धितिय, महाकाली मा.वि. नै तृतिय र मिन्दुका मा.वि.सान्तोना भएका छन् ।प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई नगद,प्रमाण पत्र र शैक्षिक सामग्रीहरुबाट पुरस्कृत गरीएको छ ।

सिद्धलेक गाउँपालिकामा आज मावि स्तरीय वादबिबाद प्रतियोगिता सम्पन्न भएको छ । सिद्धलेक गाउँपालिका शिक्षा शाखाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता रहेको थियो । सिद्धलेख गाउँपालिकाको शिक्षा अधिकृत भुवन केसीको अध्क्षतामा सम्पन्न भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाको प्रमुख आतिथ्य र उपाध्क्ष कमला शर्माको विषेश आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिका भित्रका ११ विद्यालयका २÷२ जना गरी २२ नजा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

धन ठूलो की मन ठूलो भन्ने विषयको पक्ष र विपक्षमा भएको वादविवाद प्रतियोगितमा महाकाली मा.वि. प्रथम,सत्यवती मा.वि.द्धितिय, महाकाली मा.वि. नै तृतिय र मिन्दुका मा.वि.सान्तोना भएका छन् ।प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई नगद,प्रमाण पत्र र शैक्षिक सामग्रीहरुबाट पुरस्कृत गरीएको छ ।

प्रतिकृया लेख्नुहोस्: