धादिङबेसी,१२ फागुन। धादिङ प्रहरीले आज बिचबजारबाट फरार प्रतिवादीलाई पक्राउ गरेको छ । आइतबार बिचबजारबाट नीलकण्ठ नगरपालीका वडा नम्बर ४ बस्ने भिमसेन श्रेष्ठलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश बिष्टले जानकारी दिनुभयो । नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाण्डौको फैसला बमोजिम ६ महिना कैद र रु दश हजार जरीवाना तोकिएको भएपनि उनी फरार रहेका थिए ।आईतबार प्रहरीले ४१ बर्षिय भिमसेन श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ पश्चात श्रेष्ठलाई बाँकी कैद भुक्तानको लागि जिल्ला काराकार लगीएको छ । श्रेष्ठले अदालतले फैसला सुनाएको नगद १० हजार भने आईतबार नै बुझाएका छन् ।