२ पुस, काठमाडौं । नेपाली महिला टोलीले मैत्रीपूर्ण फुटबलमा मलेसियामाथि जित हात पारेको छ ।
अर्को साताबाट भारतमा सुरू हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले शनिबार भएको खेलमा भ्रणणकारी टोली मलेसियालार्इ १–० गोल अन्तरले हराएको हो ।
सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा नेपालकी सावित्रा भण्डारीले २७ औँ मिनेटमा गोल गरेकी हुन् । यो गोल नै नेपालको जितमा निर्णायक बन्यो ।
फिफा वरियतामा नेपालभन्दा मलेसिया २६ स्थान पछि छ । नेपाल १ सय १२ औँ स्थानमा छ भने मलेसिया ८६ औँ स्थानमा छ ।