बैशाख २८ गते, २०८३ - २०ः३९
Follow us:

मेशिनमा च्यापिएर दक्षिण कोरियामा एक नेपालीको मृत्यु

९ फागुन, धादिङ
मेशिनमा च्यापिएर दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ ।दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको हो । पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको हो ।
तुम्बापो दुई वर्षअघि इपिएसमार्पmत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए । मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ । आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको संख्या बढ्दै गईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: