जेष्ठ १७ गते, २०८३ - १०ः४६
Follow us:

धादिङको डोलभज्याङमा दुई दिने घुम्ती शिविर सम्पन्न

७ फागुन,धादिङ ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित डोलभज्याङमा माविमा दुई दिने घुम्ति शिविर सम्पन्न भएको छ । सेवाग्राहीलाई घरआँगनमा सेवा दिने उदेश्यले घुम्ती शिविर सन्चालन गरिएको हो । जिल्ला प्रशासन कार्यलय धादिङको आयेजना,गजुरी गाउँपालिका र समग्र सेवा विकास केन्द्रको आयोजनामा सन्चालन भएको शिविरमा ६ सय ५९ जनाले सेवा लिएका छन् । शिविरमा अपाङपरिचय पत्र २९ जना,नेपाली नागरिकताको प्रमाणपत्र २ सय ६७ जना,मतादाता परिचयपत्र २ सय ३८ जना र कृषि सेवा १ सय २५ जनाले शिविरबाट सेवा लिएका सरु पाण्डेले जानकारी दिनुभएको छ ।

प्रतिकृया लेख्नुहोस्: