जेष्ठ १७ गते, २०८३ - ०९ः३०
Follow us:

भेरी नदीमा खसेको बसबाट अहिले सम्म चार जनाको शव निकालियो

२ फागुन,धादिङ
यात्रुवाहक बस भेरी नदिमा खस्दा चार जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुबाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको हो ।
जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको छ । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालीसकेको छ । अहिले सम्म ९ जनाको उद्धार गरीएको छ । उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ । साँझ परेकोले उद्धारमा समस्या परेको छ ।

प्रतिकृया लेख्नुहोस्: