गोविन्द बुढाथोकी प्याब्सन धादिङको अध्यक्षमा निर्वाचित
पौष ३० गते, २०७५ - १४ः०६ मा प्रकाशित
धादिङ ३० पुस ।
निजी तथा आवासीय विद्यालयहरको अर्गनाईजेसन(प्याब्सन) धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी सर्बसम्मत चयन हुनु भएका छन् । धादिङबेसीमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट बुढाथोकी पुन अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाँखा धादिङका उपाध्यक्ष समेत रहनुभएका बुढाथोकी धादिङबेसीमा रहेको एड्भान्स एकेडेमिका प्रीन्सीपल समेत हुनुहुन्छ ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष विश्वनाथ उप्रेती , सचिव जयराम ढुङ्गाना, सह–सचिव टिका थपलिया, कोषाध्यक्षमा दिनेश भट्ट चयन भएका छन । यस्तै सदस्यहरुमा सुजन थापा,आँचल श्रेष्ठ,कल्पना सिलवाल, सङ्गिता श्रेष्ठ, श्रेष्ठ, पुस्कर पाण्डे, सञ्जीव गजुरेल, सहदेव घिमिरे चयन भएका छन ।
उक्त अधिवेशनले मीना प्रधान, सञ्जीव राई, मदन कुमार श्रेष्ठ लाई महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरेको छ ।बुढाथोकी सामाजिक कार्यमा समेत धादिङमा सक्रिय हुनुहुन्छ ।