बैशाख २८ गते, २०८३ - २३ः३३
Follow us:

बेनीघाटमा छिमेकीको तरवार प्रहारबाट तामाङ गम्भीर घाइते

बेनीघाट, ४ कात्तिक । धादिङको बेनिघाट रोराङ गाउँपालिका-१ मा पर्ने जरुङ सिमटारमा छिमेकीको तरवार प्रहारबाट गर्दा एकजना गम्भीर घाइते भएका छन् ।

खानेपानीको बिषयलाई लिएर छिमेकीबीच विवाद हुँदा शुक्रबार साँझ स्थानीय सुमबहादुर तामाङले आफ्ना छिमेकी अभिषेक तामाङलाई तरवारले प्रहार गरेका हुन् । तरवार प्रहारबाट तामाङको पेटको आन्द्राभुडी बाहिर निस्किएको छ । उनको काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको पेट र हातमा गहिरो चोट लागेको छ ।

छिमेकीलाई तरवार प्रहार गर्ने तामाङ यसअघि पनि विभिन्न अपराधिक घटनाहरुमा जोडिएका कारण सजायँ भोगिसकेका व्यक्ति हुन् । उनलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।
घटना घटेको जरुङ सिमटार क्षेत्रमा सिंचाई र खानेपानीको ठूलो समस्या रहेको छ ।

प्रतिकृया लेख्नुहोस्: