बैशाख ३ गते, २०८३ - ०८ः५४
Follow us:

यी हुन् गजुरी गाउँकार्यपालिकामा विजयी हुने सदस्यहरु

धादिङ, १७ जेठ । धादिङको गजुरी गाउँकार्यपालिका सदस्यका लागि मंगलबार भएको निर्वाचनमा कांग्रेसबाट ३ जना, एमालेबाट २ जना र माओवादी केन्द्रबाट १ जना विजयी भएका छन् ।

एकल चुनावी मैदानमा रहेका  तीन दलका उम्मेद्वार मध्ये एमालेकी  गंगा श्रेष्ठले  सबै भन्दा धेरै ३६ मत ल्याएकी थिईन् । महिला तर्फ कांग्रेसकी तारा लामाले २४ मत, फुलमायाँ लामाले २४ मत र मैया डल्लाकोटीले २३ मत पाइन् । यस्तै, माओवादी केन्द्रका महिला तर्फका उम्मेद्वार अन्जु विसुन्खे र  संगिता चेपाङले १८ मत  पाए ।

दलित तथा अल्पसंख्यकको २ कोटामा  एमालेका आयुष प्रजाले २४ मत र माओवादी केन्द्रका सनमबहादुर प्रजाले २५ मत ल्याएर  विजयी बने ।  कांग्रेसी विमला चेपाङले १९ मत मात्रै रह्यो।

उक्त चुनावमा माओवादीको १८ भोट, कांग्रेसको १५ भोट र एमालेको ९ भोट रहेको थियो । निर्वाचनमा कांग्रेसबाट ४  जना,  एमालेबाट  ३  जना र माओवादी केन्द्रबाट  ३ जनाले उम्मेद्वारी दिएका थिए ।

निर्वाचित ६ जना कार्यपालिका सदस्यले आजै  शपथ लिइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्: