जेष्ठ १६ गते, २०८३ - १५ः०२
Follow us:

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर धादिङमा तीनजना घाइते, एकको अवस्था गम्भीर

धादिङ ७ असोज ।
माटो खन्ने क्रममा ढिस्कोले पुरीएर धादिङमा तीन जना घाईते भएका छन् । घाईते मध्ये एकको अवस्था गम्भिर रहेको छ । धादिङको निलकण्ठ नगरपालीका वडा नम्बर ९ सल्लाघारीम स्थित काफलमापानिमा आज विहान माटो खन्ने क्रममा डिस्कोले पुरेको हो ।
डिस्कोले पुरीएर काफलपानि बस्ने बर्ष २६ को मिरा गुरुङ, सोहि स्थान बस्ने २० बर्षीय फुलकुमारी गुरुङ र २५ बर्षीय बालकुमारी गुरुङ रहनुभएको छ ।घाईतेहरुलाई स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्धार गरीएको थियो । घाईते मध्ये बालकुमारी गुरुङको टाउँको गम्भिर चोट लागेको छ । घाईतेहरुको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: