बैशाख १७ गते, २०८३ - १९ः३१
Follow us:

धादिङका स्थानीय तह प्रमुखहरुले लिए शपथ

धादिङ, ९ जेठ । धादिङका स्थानीय तहका प्रमुखहरुले   शपथ  लिएका  छन् । उनिहरुलाई मंगलबार जिल्ला अदालत धादिङका न्यायाधीश रमेश प्रसाद  ज्ञवलालीले शपथ ग्रहण गराएका हुन् ।

सपथ लिनेहरुमा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ रहेका छन् ।

यस्तै  बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, नेत्रावती डबजोङ गाउँपालिकाकाअध्यक्ष मेघनाथ रिजाल, गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले पनि सपथ लिएका छन् । यस्तै,  खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ  रहेका छन् ।  धादिङमा १३ वटा  स्थानिय तह रहेको छ ।

प्रतिकृया लेख्नुहोस्: