बैशाख १९ गते, २०८३ - ००ः०९
Follow us:

गजुरीमा मतपरिणामको प्रभाव : एमाले गजुरीका सहइन्चार्ज बस्नेतले दिए राजीनामा

धादिङ, ४ जेठ । गजुरी गाउँपालिकाको सबै वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै  नेकपा एमाले गजुरी गाउँपालिका कमिटिका सहइन्चार्ज योगेन्द्र कुमार बस्नेतले पदबाट राजिनामा दिएका छन् ।

उक्त गाउँपालिकामा  अध्यक्ष/उपाध्यक्षसहित सबै वडामा  पराजित भएपछि सहइन्चार्ज बस्नेतले सामाजिक संजाल फेसबुक मार्फत राजीनामा  दिएका हुन् ।

बस्नेतले गत शुक्रबार भएको स्थानिय तह निर्वाचनमा गजुरी गाउपालिकामा  एकजना पनि जनप्रतिनिधि निर्वाचित गराउन नसकेकोले नैतिक हिसावले पनि आफु पदमा बसिरहन उचित नहुने भन्दै राजिनामा दिएको बताएका छन् ।

बस्नेत आफैले पनि वडा अध्यक्षमा चुनाव हारेपछि  फेसबुकमा स्टाटसमा भनेका छन् –‘एमालेको गढ भनेर चिनिने यो गाउपालिकामा कुनै पनि पदमा पार्टिका कमरेडहरुलाइ निर्बाचित गराउन नसकेकोमा दुखित हुँदै र आफुले पाएको जिम्मेवारी अनुसार काम गर्न नसकेको महसुस गर्दै जिल्ला कमिटी सदस्य एबम गजुरी गाउपालिकाको सहइन्चार्जको जिम्मेवारीमा भएकोले नैतिक जिम्मेवारी लिदै आजैका दिनदेखि लागु हुनेगरी पार्टीको सहइन्चार्ज पदबाट राजिनामा दिएको जानकारी गराउछु ।’

राजिनामा स्वीकृत गरि योग्य व्यक्तिलाई जिम्मेवारी तोक्न  अनुरोध गर्दै उनले भनेका छन् ‘गजुरीको सहइन्चार्ज बाहेक बाँकी जिम्मेवारी संगठन बिस्तारमा दत्त चित्त भएर लाग्ने प्रतिबद्दता व्यक्त गर्दछु ।’

यस्तो छ उनको फेसबुक स्टाटस

प्रतिकृया लेख्नुहोस्: