बैशाख ३ गते, २०८३ - ०५ः०८
Follow us:

धुनीबेसीमा एकीकृत समाजवादीबाट आचार्य विजयी

धादिङबेसी, ३ जेठ । धादिङको धुनिवेशी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। नगरप्रमुखमा ८ हजार ७०६ मत प्राप्त गरी नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेले रामराजा पाण्डेले ६ हजार ५९२ मत प्राप्त गरेका छन्।

त्यस्तै उप मेयरमा नेपाली कांग्रेसका उम्मेदवार सुरज उप्रेतीले ८ हजार तीन सय ८७ मत ल्याइ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार चार सय ७० मत प्राप्त गरेकी छिन्।

धुनीबेशीका ३ वटा वडामा माओवादी, ३ वटामा कांग्रेस, २ वटामा एकीकृत समाजवादी र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रतिकृया लेख्नुहोस्: