बैशाख १८ गते, २०८३ - ०१ः३९
Follow us:

धुनिवेशी २ मा एकीकृत समाजवादीका तामाङ विजयी

धादिङ, १ जेठ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर २ मा एकिकृत समाजवादीका उम्मेदवार लक्ष्यजित तामाङ विजयी भएका छन् । गठबन्धनका उम्मेदवार तामाङले १ हजार ९१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका हिक्मत बहादुर लुईटेलले १ हजार २९ मत ल्याएका थिए । यसैगरी वडा नम्बर २ मा गठबन्धनबाट नगरप्रमुखको उम्मेदवारलाई १०१८ मत खसेको छ भने उपप्रमुखमा ८ सय ५३ मत खसेको छ ।

यसैगरी एमालेबाट नगरप्रमुखको उम्मेदवारलाई ९ सय ११ मत खसेको छ भने उपप्रमुखलाई ९ सय ७१ मत खसेको छ ।

प्रतिकृया लेख्नुहोस्: