बैशाख ३ गते, २०८३ - ०१ः०९
Follow us:

गल्छी-३ मा माओवादी केन्द्रका भुजेल विजयी

काठमाडौं, १ जेठ । धादिङको गल्छी गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका राजन भुजेल विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार भुजेलले ७२५ मत ल्याउँदा नेकपा एमालेका प्रत्यासी कपिल रेग्मीले ४८८ मत प्राप्त गरे ।

रेग्मी दोस्रो कार्यकालका लागि वडाध्यक्षको प्रत्यासी बनेका थिए भने विजयी भुजेल अघिल्लो चुनावमा रेग्मीसँग पराजित भएका थिए । भुजेलसँगै गठबन्धनका सबै उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी भएका छन्

प्रतिकृया लेख्नुहोस्: