सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
माघ १८ गते, २०७८ - १८ः१२ मा प्रकाशित
काठमाडौं, १८ माघ । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति मार्फत देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।