बैशाख १९ गते, २०८३ - ११ः००
Follow us:

सुनको मूल्य ४०० रुपैयाँले घट्यो

काठमाडौं, १७ माघ । केही दिनयता लगातार घट्ने क्रममा रहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ९१ हजार ८०० रुपैयाँ कायम भएको छ आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो  ।

गत आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले नै घट्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन  ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २४० रुपैयाँ कायम भएको छ ।यस अघि आइतबार  चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया लेख्नुहोस्: