बैशाख १९ गते, २०८३ - १०ः५६
Follow us:

सुनको मूल्य बढ्यो : चाँदीको स्थिर

काठमाडाैं, १२ माघ । सुनचाँदी बजारमा बुधबार  छापावाल सुनको मूल्य प्रतितोला   ४०० ले बढेर  ९४ हजार ४०० पुगेको छ । सुन अघिल्लो दिन मंगलबार प्रतितोला  ९४ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० कायम भएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला  ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला  एक हजार ३०० कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: