बैशाख १९ गते, २०८३ - ११ः००
Follow us:

सुनको मूल्य घट्यो, तोलाको कति ?

काठमाडाैं, २२ पुस । सुनचाँदी बजारमा बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर  ९२ हजार ३०० कायम भएको छ । सुन अधिल्लो दिन बुधबार प्रतितोला  ९२ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  २५ ले घटेर  एक हजार २३५ तोकिएको महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: