संसारकै धनी जेफ बेजोस : जो कुनैबेला ग्यारेजमा काम गर्थे
श्रावण १ गते, २०७५ - १९ः४२ मा प्रकाशित
एजेन्सी, १ साउन । संसारकै सबैभन्दा ठूलो ई-कमर्स कम्पनी अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस आधुनिक इतिहासका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलिनियर्स इंडेक्सका अनुसार ५४ वर्षीय जेफ बेजोसको कूल सम्पत्ति १५० अर्ब डलरभन्दा बढी छ ।
उनलाई यति धेरै सम्पत्ति आर्जन गर्न सजिलो भने भएको थिएन । उनको जिन्दगी निकै संघर्षपूर्ण रह्यो । एक क्षण यस्तो थियो कि उनीसँग पैसाको चरम अभाव थियो । उनको बाल्यकाल पनि संघषमै बित्यो । उनका माता-पिताले विवाह भएको एक वर्षमै सम्बन्धविच्छेदको घोषणा गरेका थिए । सम्बन्धविच्छेदको कारण उनका पिता मदिराको लतमा फसेका थिए । तर, दुवैले उनको निगरानी गरिरहन्थे । उनी चार वर्षको हुँदा उनकी आमाले दोस्रो विवाह मिगुअल माइकसँग गरिन् । बेजोसले बाल्यकाल हजुरबासँग बिताए र त्यहीँ कम्युटर चलाउन सिके ।
बच्चादेखि नै उनी पढ्नमा चलाख थिए । उनी प्राय: पढिरहन्थे । उनी जतिखेरै पढिरहँदा आमाबाबु भने चिन्ता लिन्थे । उनीहरु चाहन्थे कि छोराको जीवन पढाईमा मात्र नबितोस् । त्यसकारण उनीहरुले जेफ बेजोसलाई फुटबल खेल्नका लागि प्रेरित गरे । सबैभन्दा पहिले जेफले प्रिस्टन यूनिभर्सिटीबाट फिजिक्स अध्ययन गरे । त्यसबीचमा उनले डिग्री छोडेर कम्युटर साइन्स र इलेक्ट्रिकल इंजिनियरिङको पढाई सुरु गरे ।
जेफलाई सँधै केही नयाँ गर्नेबारे सोचिरहन्थे । अध्ययनपछि उनले केही ठाउँमा काम गरे । तर, काममा उनले ध्यान अडिएन । पहिला उनले आफ्नै काम ग्यारेजमा सुरु गरे । व्यवसाय राम्रो भएपछि उनले कम्पनीको नाम राख्नेबारे सोचे । सबैभन्दा पहिले उनले कडाब्रा और फिर रेलेंटसेस डट कम जस्ता नाम सोचे । र, अन्त्यमा त्यसलाई त्यतै छाडिदिए । त्यसपछि उनले दक्षिण अमेरिकी नदी अमेजनबाट प्रेरित भएर कम्पनीको नाम अमेजन राखे ।
सन् २००७ मा कम्पनीले ठूलो उपलब्धि हासिल गर्यो । अनलाइन व्यवसायमा उनको कम्पनी ब्रान्ड बनिसकेको थियो । त्यसपछि बेजोसले पछाडि फर्केर हेर्नु परेन । उनले कम्पनीलाई अगाडि बढाइरहे । र, कम्पनी संसारमै सफल र चर्चित बनाए ।