काठमाडाैं, १७ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर ९१ हजार ३०० कायम भएको छ । सुन अघिल्लो दिन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९० हजार ८०० तोकिएको छ जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १९० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ ।