बैशाख २८ गते, २०८३ - २०ः४०
Follow us:

ओलीले कम्युनिष्ट आन्दोलनलाई धोका दिएः भट्टराई


धादिङ २४ माघ ।
नेकपाको दाहाल(नेपाल समूहका स्थायी समिति सदस्य योगेश भट्टराईले केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई धोका दिएको बताउनु भएको छ। ओली प्रवत्ती र मण्डले विचारको कारण प्राप्त उपलब्ध गुम्ने खतरा रहेको भन्दै उहाँले जनताहरुलाई उपलब्धी रक्षाको लागि लड्नको लागि आग्रह गर्नुभएको छ।धादिङबेसीमा आयोजित विरोधका सभाका प्रमुख अतिथी समेत रहनुभएका भट्टराईले पार्टीको विधान अनुसार आफुहरु सँग बहुमत रहेकोले सूर्य चुनाव चिन्ह र पार्टीको नाम आफुहरुको भएको बताउनुभयो।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधब समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार धादिङबेशीमा विरोध प्रदर्शन गरेको छ। नेकपा जिल्ला संगठन कमिटि धादिङको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक कदमबाट प्रतिनीधि सभा विघटन गराएको भन्दै सदरमुकाम धादिङबेशीमा बिरोध प्रदर्शन गरेका हुन ।बिरोध सभामा धादिङ जिल्लाभरबाट आएका नेता तथा कार्यकर्ताले धादिङबेशी स्थित पुछारबजारबाट प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध चर्को नाराबाजी गर्दै बिचबजारमा पुगेर कोण सभामा परिणत भएको थियो। कार्यक्रममा नेकपा प्रचण्ड–माधब समूहका पुर्व स्थानिय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डे, पुर्व मन्त्री गंगालाल तुलाधर,कल्पना धमला, जिल्ला ईन्चार्ज तथा बागमती प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री शालिकराम जमकट्टेल संविधान सभा सदस्य गुरु बुर्लाकोटी,धन बहादुर घले लगायतको आतिथ्य रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: