बैशाख २८ गते, २०८३ - २०ः५२
Follow us:

जनता समाजबादी पार्टी धादिङद्वारा धादिङबेशीमा विरोध प्रर्दशन


धादिङ ७ माघ
जनता समाजबादी पार्टी धादिङले बुधबार धादिङसदरमुकाममा विरोध प्रर्दशन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक कदम चालेर प्रतिनीधि सभा विघटन गराएको भन्दै सदरमुकाममा प्रदर्शन गरीएको जसपा धादिङका अध्यक्ष राम ढकालले बताउनुभयो। पुछारबजारबाट निस्किएको जसपा धादिङका र्याली क्याम्पस चोक पुगेर कोण सभामा परिणत भएको थियो ।

विरोध प्रर्दशन गर्नको लागि जसपाले गाउँगाउँबाट कार्यकर्ता सदरमुकाममा उतारेको थियो । विरोध प्रर्दशनमा जसपाका केन्द्रीय सदस्यहरु राजेन्द्र केसी, बीर बहादुर तामाङ, राम घले सृजना रिजाल,प्रदेश सदस्य तारालाल धरेल,जिल्ला अध्यक्ष अध्यक्ष राम ढकाल लगायत कार्यसमितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: