आश्विन ८ गते, २०८३ - २१ः३१
Follow us:

नवरात्रिको तेस्रो दिनः माता चन्द्रघण्टाको पुजा आराधान गरिदै

कार्तिक ३ काठमाण्डौं ।
आज नवरात्रिको तेस्रो दिन माता चन्द्रघण्टाको पुजाआराधान गरी मनाईदै छ ।चन्द्रघण्टा देवीको निधारमा अर्धचन्द्र रहेको छ ।यसैकारण यी देवीलाई चन्द्रघण्टा देवी नाम राखिएको हिन्दु धर्ममा उल्लेख छ ।चन्द्रघण्टा देवीलाई दुर्गा माताकोे शिवदूती स्वरुप भनिन्छ ।

भगवतीको यो स्वरुपको बाहन सिंह हो । र दश हात मानिन्छ जुन हातहरुमा खड्ग र विभिन्न अस्त्र र शस्त्रले शुसज्जित छ ।असुरा दैँत्यसँग युद्धमा देवी चन्द्रघण्टाले घण्टाको आवाजले असुराहरुको नाश गरिदिएको शास्त्रमा उल्लेख छ । नवरात्रिको तेस्रो दिन यी देवीको पूजाआरधाना गर्ने गरिन्छ ।

यी देवीको पूजाआरधना गर्दा तेस्रो मणिपुर चक्र जागृत हुने सिद्धियाँ स्वतः प्राप्त हुन जान्छ । सांसारिक कष्टहरुबाट मुक्ति पाउनका लागि देवी चन्द्रघण्टाको पूजा गर्ने गरिन्छ । यसबाट स्पष्टता, आत्मविश्वास र सही निर्णय लिने योग्यता जस्ता गुण प्राप्त हुने विश्वास गरिन्छ ।

प्रतिकृया लेख्नुहोस्: