आश्विन ९ गते, २०८३ - २३ः०१
Follow us:

खाल्टेका ६५ जना बृद्धबृद्धालाई लौरो,छाता र टर्च लाईट वितरण(फोटो फिचर)


धादिङ २७ असोज ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेमा ६५जना बृद्धबृद्धालाई लौरो,टर्च र छाता विरण गरीएको छ।मावनी क्रियटिभ एसोसिएसको आयोजना र लायन क्बल अफ काठमाण्डौंको सहयोगमा फ्याक्से र पिवलखोलाका बृद्धबृद्धाहरुलाई सहयोग गरीएको हो।

No description available.

मानवी क्रियटीभ एसोसिएसनका अध्यक्ष तथा लाईन्स क्लब अफ काठमाण्डौं न्यु ग्रीन सिटीका सह सचिव बद्री ढुङ्गानाको अध्यक्षता तथा नीलकण्ठ नगरपालिकाका वडा नम्बर ५का अध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विष्णु ढुंगानाको विशेष आतिथ्य रहेको थियो।

No description available.

वडा नम्बर ५ का ४ सय बृद्धबृद्धालाई हस्तान्तरण लक्ष्य अनुसार पहिलो चरणमा ६५ जना बृद्धबृद्धालाई सहयोग गरीएको मानवी क्रियटिभ एसोसिसन नेपालका अध्यक्ष बद्री ढुंगानाले बताउनुभयो।बृद्धबृद्धालाई हिड्नको लागि सहजहोस भनेर लौरो,छाता र टर्च लाईट सहयोग गरीएको अध्यक्ष ढुङ्गानाले बताउनुभयो।

No description available.

मानवी क्रियटीभ एसोसिएनस नेपालले धादिङ लगायत देशभर समस्यामा परेका व्यक्तिहरुलाई विभिन्न सहयोग गर्दै आईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्: