निर्वाचित बारका पदाधिकारीलाई निलकण्ठ नगरपालिकाद्वारा सम्मान
श्रावण २७ गते, २०७७ - १७ः१३ मा प्रकाशित
धादिङ २७ साउन । नवनिर्वाचित जिल्ला बार एसोसिएसन धादिङका पदाधिकारीहरुलाई नीलकण्ठ नगरपालिकाले सम्मान गरेको छ । सोमबार नीलकण्ठ नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरीएको हो । सोमबार एक कार्यक्रमका बीच निर्वाचित पदाधिकारीलाई खादा र टिका लगाएर सम्मान गरीएको हो।
बधाई तथा सम्मान समारोहलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले निर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।सम्मान तथा बधाई कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना,उप–मेयर मनराज भण्डारी,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण बश्याल लगायतको सहभागिता रहेको थियो । जिल्ला अदालत बार एसोसिएशनको ३२ औँ साधारण सभा तथा १८ औँ अधिबेशनले कृष्णराज अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।