कार्तिक २९ गते, २०८३ - ०४ः२५
Follow us:

सिद्धलेक गाउँपालिका भित्रका ७ सय १३ घरपरिवारले पाए राहत

धादिङ २१ जेठ ।
धादिङको सिद्धलेक गाउँपालिका भित्रका ७ सय १३ घरपरिवारलाई राहत वितरण गरीएको छ ।आर्थिक अवस्था कमजोर भएका ज्याला मजदुरी गर्ने, असाहय, गरिब, विपन्न नागरिकहरुलाई फोकस नेपाल धादिङले राहत वितरण गरेको हो ।फोकस नेपाल धादिङले क्रिष्चीयन एड सँगको साझेदारि तथा गाउँपालिकाको समन्वयमा वडाबाट सिफारीस भई आएकाहरुलाई राहत वितरण गरीएको प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेलले बताउनुभयो ।सोमबार वडा नम्बर १ का ११ जना,२ का २३ जना, ३ का १६ जना र ४ का १४ जनालाई राहात वितरण गरिएको फोकस नेपालका जीवन सिलवालले बताउनुभयो ।

यसअघि वडा नम्बर १ मा १ सय ९, वडा नम्बर २ मा १ सय ३६, वडा नम्बर ३ मा ७३, वडा नम्बर ४ मा ७८,वडा नम्बर ५ मा ७४ , वडा नम्बर ६ मा ६४ र वडा नम्बर ७ मा १ सय ९ घरपविारलाई राहत वितरण गरीएको हो ।गाउँपालिकाले थप ६ परिवारलाई राहत वितरण गरीएको उपाध्यक्ष कमला शर्मा अधिकारीले बताउनुभयो । प्रतिघर परिवार ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ लिटर तेल साथै साबुन,मास्क तथा पन्जा उपलब्ध गराइएको छ ।

राहत वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्मा अधिकारी,वडा अध्यक्षहरु,फोकस नेपालका अध्यक्ष हेमराज छत्कुली,कार्यकारी निर्देशक एकराज छत्कुली,फोकस नेपालका जीवन सिलवाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्: