धादिङ २० फागुन । वैदेशिक रोजगारलाई सुरक्षित बनाउन धादिङमा प्रहरीसँग अन्तरक्रिया गरिएको छ ।वैदेशिक रोजगारीमा देखिएका समस्या न्युनिकरण गर्न र वैदेशिक रोजगारलाई सुरक्षित बनाउनको लागि प्रहरी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको सामी परियोजनाका लेखा अधिकृत सम्झना भण्डारीले बताउनुभयो । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामी हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपालको साझेदारीमा नीलकण्ठ नगरपालिका द्वारा सन्चालित सुरक्षित आप्रवासन सामी परियोजना अन्तरगत सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला भरका ४० जना प्रहरी चौकी ईञ्चार्जको सहभागिता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका महिला विकास निरक्षक निर्मला केसीले सामी परियोजनाले सन्चालन गरीरहेको गतिविधि र त्यसबाट आएको सकारात्मक परिणामको विषयमा जानकारी गराउनु भएको थियो ।
सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम अधिकृत कमल बहादुर रोकायले बैदेशिक रोजगारको क्रममा देखिएका समस्या र प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिका,बैदेशिक रोजगार विभाग र प्रहरी सँग भएको सम्झौता अनुसार प्रहरीले खेल्नुपर्ने भुमिका र आगामी दिनमा सहयोग र सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । वैदेशिक रोजगारको अहिलेका चुनौती र कानुनी जटिलताका साथै वैदेशिक रोजगारमा हुने गरेको ठगी, आप्रवासी स्रोत केन्द्रले गर्नै काम,मनोविमर्श सेवा तथा वित्तिय साक्षरताकक्षाको विषमया जानकारी गिराउनु भएको थियो ।कार्यक्रममा धादिङका डीएसपी रुपक खड्काले वैदेशिक रोजगारमा हुने ठगी र मानव बेचबिखनको समस्या न्यूनिकरणका लागि प्रहरीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी भएर आ–आफ्नो क्षेत्रमा खटिएपछी सुरक्षित वैदेशिक रोजगारीका विषयमा काम गर्नको लागि आग्रह गर्नुभएको थियो ।