बैरेनी, जेठ । धादिङको गल्छी गाउँ पालिका वडा नम्बर १ र २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
नेकपा एमालेबाट १०११ मतका साथ षडानन्द खनाल वडा अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका हरिप्रसाद खतिवडाले ५९९ र नेकपा माओवादी केन्द्रका काजी बज्राचार्यले ६४ र राप्रपाका लोकबहादुर श्रेष्ठले १९ मत पाएका छन ।
दुई वटा वडामा गरि नेकपा एमालेले अध्यक्षमा १९६७ कांग्रेसले १३३५, माओवादीले ४५ र राप्रपाले १४ मत पाएको छ भने उपाध्यक्षमा एमाले १९७३, कांग्रेसले ६४३, माओवादीले ६९० मत पाएका छन् ।
कुल मतदाता २२७१ रहेको यस वडामा १८०२ मत खसेको थियो ।