भाद्र १० गते, २०८३ - २१ः०३
Follow us:

धादिङमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

धादिङ ९कार्तिक ।
जिल्ला प्रशासन कार्यालय धादिङले नेपालीहरुको महान चाड तिहारका अवसरमा हुने देउसी भैलो कार्यक्रम राति ९ बजेभित्र गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको बिज्ञप्तिमा तिहारको अवसरमा खेलिने देउसी भैलो नाचगान, जस्ता मनोरन्जनात्मक क्रियाकलापहरु गर्दा गराउँदा बेलुकाको ९ बजे सम्म मात्र सञ्चालन गर्न आग्रह गरिएको छ । अन्याथा प्रहरीले कारबाही गर्ने प्रशासन कार्यालयले जनाएको छ ।

साथै प्रशासन कार्यालयले तिहार र छठको अवसरमका गरिने अतिशबाजी, पटाका, भुइचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयत, बिक्री र प्रायेगमा पूर्ण प्रतिबन्ध लगाइएकाले त्यसको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरीएको छ ।

प्रतिकृया लेख्नुहोस्: