श्रावण ११ गते, २०८३ - ०७ः४६
Follow us:

गल्छी–काठमाण्डौ सम्पर्क समितिको आयोजनामा काठमाण्डौमा चियापान


धादिङ ११ असोज ।
नेपाली काँग्रेस गल्छी–काठमाण्डौ सम्पर्क समितिको आयोजनामा शनिवार काठमाण्डौमा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड शुभविजय दशमी तथा शुभ दिपावलीको अवसर पारेर कार्यक्रमको आयोजना गरीएको राजु पुलामी मगरले बताउनुभयो । गल्छी–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष जीवन सुनारीको अध्यक्षता तथा नेपाली काँग्रेका नेता डा. मिलेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको चियापान कार्यक्रमामा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला,नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना, नेपाली काँग्रेसका नेता डा. राजाराम कार्की, बिश्व प्रसाद अर्याल, शिव सुवेदी लगायतको आतिथ्य रहेको थियो । शुभकामना मन्तव्य राख्नुहुदै नेता डा.मिनेन्द्र रिजालले नेकपाले लिएको चिनियाँ कम्युनिस्ट पार्टीसँगको प्रशिक्षण कार्यक्रम देशको हितमा नरहेको बताउनुभयो । नेकपाले निर्वाचन अगाडी भनेको खोक्रो राष्ट्रवाद भएको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । यसैगरी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले नीलकण्ठ नगरपालिकाको विकासको लागि आफु प्रतिबद्ध भएको भन्दै अन्य स्थानीय तहको तुलनामा नीलकण्ठ नगरपालिका अगाडी रहेको बताउनुभएको थियो । कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गरीएको थियो ।

प्रतिकृया लेख्नुहोस्: