जेष्ठ १२ गते, २०८३ - १३ः००
Follow us:

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

असोज ११, चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथोलेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ ।

चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।घटजनमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको अनलाईन खबरले समाचार लेखेको छ । ।

प्रतिकृया लेख्नुहोस्: