आश्विन ५ गते, २०८३ - २०ः४८
Follow us:

धादिङबेशी बजार क्षेत्रकै होटल तथा पसलहरुमा अखाद्य बस्तु भेटियो


धादिङ ८ असोज ।
धादिङबेसी बजार क्षेत्र भित्र रहेका होटलहरुमा अखाद्य बस्तु विक्रि वितरण गरेको भेटिएको छ । बजार क्षेत्रकै होटलहरु विना दर्ता सन्चालनमा रहेको,समय नाघिसकेको अखाद्य बस्नु विक्री वितरण गरीएको सरसफाईमा खासै ध्यान नदिएको पाईएको हो ।
सोमबार सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको नेतृत्वमा १० वटा पसलहरुको अनुगमन गरीएको हो । धादिङबेसी बजार क्षेत्रका होटल, किराना पसल, मिठाई पसल गरी १० वटा पसलहरुमा अनुगमन गरिएको थियो ।
अनुगमनको क्रममा पसलको लागि इजाजत नलिएको, म्याद नाघेका अखाद्म वस्तुहरु,सडेर पनि बिक्रिको लागि राखिएका सामानहरु ठूलो परिणाममा वरामद गरी नष्ट गरीएको छ ।
सुजिको पिठो, जुस, जिरा मसला, चकलेट, विभिन्न प्रकारका पेय पदार्थ, कलर प्रयोग गरी बनाईएको पाईएको छ ।

प्रतिकृया लेख्नुहोस्: