जेष्ठ ११ गते, २०८३ - ०६ः५६
Follow us:

शान्ति सेना थप्न नेपाल तयार

काठमाण्डौ ४ असोज ।

यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले ‘आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न स्रोत÷लगानी अपुग रहेका’ भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको अपेक्षा गर्ने भएको छ । 

‘राष्ट्रयसंघीय शान्ति स्थापनाको मिसनमा यदी आवश्यक परेमा नेपालले थप शान्ति सेना पठाउन सक्नेबार ध्यानाकर्षण गराइनेछ,’ महासभा बैठकमा सहभागी हुन शनिबार न्युयोर्क जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने । 
अहिले विश्वका ११ देशमा रहेका १२ मिसनमा गरेर ५ हजार ९४ नेपाली सेना शान्ति स्थापनार्था खटिएका छन् । नेपालले सन् १९५८ यता राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत विभिन्न देशमा सेना पठाउन थालेको हो । कान्तिपुर दैनिकबाट

प्रतिकृया लेख्नुहोस्: